You are viewing the translated version of प्राधिकरणको बैठकः.

Section 103G
प्राधिकरणको बैठकः
(१) प्राधिकरणको बैठक महिनामा कम्तीमा एकपटक बस्नेछ।

(२) प्राधिकरणको बैठक अध्यक्षले र अध्यक्षको पद रिक्त भएको अवस्थामा वरिष्ठ सदस्यले तोकेको मिति, समय रु स्थानमा बस्नेछ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “वरिष्ठ सदस्य” भन्नाले नियुक्तिको क्रममा अगाडि रहेको सदस्य सम्झनु पर्छ।

(३) प्राधिकरणको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयसहितको सूची सचिवले सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।

(४) प्राधिकरणको बैठकको अध्यक्षता अध्यक्षले र्‌ निजको अनुपस्थितिमा उपस्थितमध्ये वरिष्ठ सदस्यले गर्नेछ।

(५) प्राधिकरणको बैठकमा तीनजना सदस्य उपस्थित भएमा प्राधिकरणको बैठकको लांगि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।

(६) प्राधिकरणको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।

(७) प्राधिकरणले बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञलाई आमन्त्रण गर्न सक्नेछ।

(८) प्राधिकरणको निर्णय अभिलेख गर्ने प्रयोजनका लागि छुट्टै पुस्तिकाको व्यवस्था गरी प्रत्येक निर्णय त्यस्तो पुस्तिकामा अभिलेख गरिनेछ र त्यस्तो पुस्तिकामा बैठकमा उपस्थित सम्पूर्ण सदस्यले दस्तखत गर्नु पर्नेछ ।

(९) प्राधिकरणको बैठक : सम्बन्धी अन्य कार्यविधि प्राधिकरण आफैँले निर्धारण गरे बमोजिम हुनेछ।